दफा १७८
ज्यान जान सक्ने काम गर्न नहुने

(१) कसैले कुनै काम गर्दा साधारणतया मानिसको ज्यान जान सक्छ भन्ने जानीजानी वा विश्वास गर्नु पर्ने कारण हुँदाहुँदै त्यस्तो काम गर्न हुँदैन ।
(२) उपदफा (१) बमोजिमको कारणबाट कसैको ज्यान मरेमा कसूरदारलाई जन्मकैदको सजाय हुनेछ ।